दफा
समितिको गठन

३.  समितिको गठन

(१) जिल्ला अस्पताल विकास समिति नामको एक समिति गठन गरिएको छ ।

(२) उपदफा (१) बमोजिमको समितिमा देहायका सदस्यहरू रहनेछन् ः–

(क) नेपाल सरकारबाट मनोनीत व्यक्ति अध्यक्ष
(ख) अस्पताल रहेको क्षेत्रको सम्बन्धित नगरपालिका वा गाउँ विकास समितिको प्रमुख वा अध्यक्ष सदस्य
(ग) जिल्ला विकास समितिको प्रतिनिधि सदस्य
(घ) जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि अधिकृत स्तर सदस्य
(ङ) उद्योग वाणिज्य संघको सभापति सदस्य
(च) जिल्ला रेडक्रस सोसाईटिको अध्यक्ष सदस्य
(छ) अस्पताल रहेको क्षेत्रको सम्बन्धित वडाका महिला प्रतिनिधि सदस्य
(ज) स्वास्थ्य सेवामा संलग्न महिला मध्ये समितिले तोकेको व्यक्ति सदस्य
(झ) अस्पतालको मेडिकल सुपरिन्टेन्डेन्ट सदस्य सचिव

(३) उपदफा २ को खण्ड (क) र (ज) बमोजिमका पदाधिकारीहरूको पदावधि दुई वर्षको हुनेछ ।
(४) नेपाल सरकारले आवश्यक ठानेमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी समितिको सदस्यहरूमा थपघट वा हेरफेर गर्न सक्नेछ ।
(५) समितिले आवश्यक देखेमा नेपाल सरकारको कुनै अधिकृत वा अन्य कुनै विशेषज्ञलाई समितिको बैठकमा पर्यवेक्षकको रूपमा उपस्थित हुन आमन्त्रण गर्न सक्नेछ ।